बुधबार, वैशाख १२, २०८१

प्रेमीकाे तस्बिर राख्दै एलिनाले भनिन्- तिम्रो सम्झनाले जागै राख्छ

मेरोन्यूज २०७९ चैत ५ गते १८:२३

काठमाडौं । गायिका एलिना चौहान यतीबेला निकै चर्चामा आएकी छन् । केही दिनयता गायिका चौहानले अष्ट्रेलियामा रहँदै आएका विष्णु सापकोटासँगको भिडियो लगातार सेयर गर्न थालेपछि यिनीहरुबीच अफेयर चलिरहेको चौतर्फी हल्ला भइरहेको थियो ।

यसैबीच गायिकाले यस हल्लालाई थप प्रष्ट पारेकी छन् । उनले आफ्नो इन्स्टाग्राममा विष्णुसँगको तस्बीर सेयर गर्दै लेखेकी छन्, ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई निदाएको निदायै राख्छ । तिम्रो साथले मलाई जीवित राख्छ ।’ क्यापसनको अन्त्यमा उनले हार्ट इमोजी पनि राखेकी छन् । सार्वजनिक तस्बीरमा उनीहरुले एकआपसमा म्याचहुने कपडा लगाएका छन् ।

यो तस्बीर सेयर गरेसँगै एलिनालाइ बधाई दिनेको आइरो लागेको छ । कतिपयले सकरात्मक र कतिले नकरात्मक कमेन्ट पनि गरिरहेका छन् ।

केही दिनअघि एलिना साङ्गेतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेकी थिइन् । त्यहीबाट यिनीहरुबीच प्रेम चर्चा सुरु भएको हो ।

प्रतिक्रिया