शुक्रबार, वैशाख १४, २०८१

पीडा भुलाउन कुश्मामा रमाउँदै अनमाेल

मेरोन्यूज २०७९ चैत ५ गते १६:३९

काठमाडौं । अभिनेता अनमोल केसी अहिले कुश्मा पुगेका छन् । उनको फिल्म छड्के बक्सअफिसमा सफल हुन नसकेपछि केहिसमययता उनी तनावमा छन् । सधैं लवर भुमिकामा देखिने उनलाई ग्याङस्टार भुमिकामा दर्शकले रुचाएनन् । यसकुराको उनले पनि स्वीकार गरिसकेका छन् ।

केहिदिन अघि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले दशर्कको चित्त दुखाएकोमा आफु दुखि भएको बताएका थिए । उनले स्ट्याटस मार्फत दर्शको घाउमा मल्हम लगाउने बताउदै आगामि फिल्म आफ्नो करियरको सुरुवात बनाउने बताएका थिए ।

यसैबीच अनमोल तनाव भुलाउन कुश्मा पुगेका हुन्। उनले त्यहाँ बन्जी जम्पिङ गरेकाे भिडियाे इन्स्टाग्राममा सेयर गरेका छन् । उक्त भिडियाे सेयर गर्दै उनले लेखेका छन्, ‘र कहिले काहिँ हामी लड्छाैँ हामी उड्छौ, राम्रो अनुभव भयो’

अनमाेलकाे अागामी फिल्म ‘जेरि अन टप’ छायांकानकाे तयारीमा छ ।

प्रतिक्रिया