मंगलबार, चैत ६, २०८०

अर्जुनसँग विवाहबारे मलाइकाले भनिन्- अहिले हामी प्रि-हनिमुनकाे मजा लिइरहेका छौं

मेरोन्यूज २०७९ चैत ५ गते १५:२९

काठमाडाैं । वलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपूर लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। अरवाज खानसँग समबन्ध विच्छेद पछि मलाइकाले १२ वर्ष कान्छा अर्जुनलाइ डेट गरिरहेकी हुन् । उनीहरुको विवाह कहिले भन्नेबारे सबैको चासोकाे विषय रहेकाे हुन्छ ।

हालै मलाइका इन्डिया टुडे कन्क्लेभमा सहभागी भएकी थिइन, जहाँ उनले आफुहरुको विवाह योजनाबारे खुलेर बताएकी छन् । अभिनेत्रीले आफूहरूलाई बिहे गर्न कुनै हतार नभएको बताएकी छन् । मलाइकाले भनिन्, ‘अहिले हामीहरु प्रि–हनिमुन फेजको मजा लिइरहेका छौं, तत्कालै विवाह गर्ने तयारी छैन ।’

मलाइकाको एक्टीङ संगै उनको फिट्नेसका कयौं दिवाना छन् । ४९ वर्षिय अभिनेत्री अहिले पनि जवान देखिन्छिन् ।

प्रतिक्रिया