शनिबार, वैशाख १५, २०८१

राष्ट्रीय स्वतन्त्र पार्टीले प्रचण्डलाई विश्वासको मत दिने

सरकारमा सहभागिताबारे पछि निर्णय गर्ने

मेरोन्यूज २०७९ चैत ५ गते १२:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डले भोलि संसदमा सामना गर्न लागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बैठकपछि केन्द्रीय सदस्य तथा सांसद सोविता गौतमले जानकारी दिइन् ।

प्रचण्ड पुस १० मा प्रधनमन्त्री नियुक्त हुँदा पनि रास्वपाले साथ दिएको थियो । त्यसबेला रास्वपा सरकारमा समेत सहभागी थियो । तर पछि समर्थन कायमै राखेर सरकारबाट बाहिरिने निर्णउय रास्वपाले गरेको थियो । अहिले पनि प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागीताको विषयमा फेरि अलग्गै छलफल गरेर निर्णयमा पुगिने गरी पार्टीले निर्णय गरेको नेतृ गौतमले बताइन् ।
‘हामी भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं । मुद्दाको आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने र विश्वासको मत दिने निर्णय पार्टी र संसदीय दलको संयुक्त बैठकले गरेको छ,’ सोविताले बताइन् ।

प्रतिक्रिया