बिहीबार, चैत १५, २०८०

जसपालाई टक्कर दिन तराईकेन्द्रित सात दलको मोर्चा

मेरोन्यूज २०७९ चैत ५ गते ९:२३

काठमाडौं । जनआन्दोलनपछि मधेसमा आफ्नो पकट जमाएको जनता समाजवादी पार्टी(जसपा)लाई तक्कर दिन तराई केन्द्रित ७ दलले मोर्चाबन्दी गरेका छन् । उपराष्ट्रपति निर्वाचनबाट जसपालाई काउन्टर दिन सुरु गरेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा जसपा उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध तनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको थियो । जनमतलाई उपराष्ट्रपति निर्वाचनमा अन्तिम समयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि समर्थन गरेको थियो ।

उपराष्ट्रपति निर्वाचनमा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले मोर्चाबन्दी गरे । उनीहरूले अब मधेसमा स्थायी गठबन्धन बनाउन जुटेका छन् । गठबन्धन बनाउने अन्तिम तयारीमा पुगेको एक नेताले जानकारी दिए ।

माओवादीसहित नेकपा एस र जसपाले तेस्रो शक्ति निर्माण गरेर संसदमा ५४ सिटको मोर्चा बनाउने प्रयास गरिरहेका बेला मधेस केन्द्रित दलले अर्को मोर्चा बनाउने गृहकार्य गरेका हुन् । सरकार विस्तारको क्रम चलिरहेका अहिले शक्ति बाँडफाँड र सरकार विस्तार हुने बेलामा मधेसमा जसपाविरुद्ध मोर्चाबन्दी सुरु भएको हो ।

जनमत पार्टीले उपराष्ट्रपति निर्वाचनका उठाएको उम्मेदवार ममता झालाई रास्वपाले अन्तिम समयमा मत दिने निर्णयसँगै संसद्मा मोर्चाबन्दी गर्ने विषयमा आन्तरिक छलफल सुरु गरेको थियो ।

Advertisement

सत्ता गठबन्धनमा कांग्रेस र माओवादीले जसपा र नेकपा एसलाई मात्रै महत्व दिन थालेपछि उनीहरुले पनि आफ्नो अस्तित्व खोज्न यस्तो मोर्चा बनाउन लागि परेको जनमत पार्टीका नेताहरू बताउँछन् ।

प्रतिक्रिया