शुक्रबार, वैशाख ७, २०८१

पाकिस्तानमा आगलागी हुँदा १० जनाको मृत्यु

मेरोन्यूज २०७९ चैत ४ गते २०:२३

काठमाडौँ । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एक महिला, उनकी सासू, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित ‘द न्यूज इन्टरनेसनल’ पत्रिकाले जनाएको छ ।

द न्यूज इन्टरनेसनलका अनुसार शुक्रबार बिहान करिब ४ बजेको समयमा मोहम्मद नवाबको बहुकोठे काठको घर र नजिकैको गोठ जलेर नष्ट भएको थियो ।

घटनास्थलमा पुगेका स्थानीयले परिवारका सदस्यलाई उद्धार गरी नजिकैको अस्पतालमा लगेका थिए । जहाँ चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए ।

डढेलोका कारण कैयौँ पशुचौपायाको समेत मृत्यु भएको द न्यूज इन्टरनेसनलले जनाएको छ ।

प्रतिक्रिया