प्रधानमन्त्रीलाई विश्वासको मत दिन गठबन्धन सकारात्मक : उपसभापति खड्का
मेरोन्यूज
२०७९ चैत ४ गते १९:२३

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए ।
उनका अनुसार बैठकमा आइतबार संसदमा पेस हुने संक्रमण कालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भएको बताएका हुन् ।
‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो, भोलि संसदमा पेस हुने संक्रमण कालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो,’ उनले भने ।
उपसभापति खड्काले बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे पनि छलफल भएको बताए ।
सम्बन्धित
प्रतिक्रिया