शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति पौडेलले पुगे बाटो खाली नगरी कुमारी मन्दिर (भिडियोसहित)

मेरोन्यूज २०७९ चैत ४ गते १७:४६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सडक खाली नगरी (कारगेटबिना) काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुगेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरेका हुन् ।

त्यस क्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरूले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती ब्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेटबिना मन्दिर पुगेका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना गरिएको थियो । उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया