बिहीबार, वैशाख १३, २०८१

‘जनयुद्धका घटना अदालतले लिए प्रचण्डमात्रै होइन केपी ओली र देउवा पनि जेल जानुपर्छ’

मेरोन्यूज २०७९ चैत ४ गते १७:२८

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्ध कालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिए प्रचण्डमात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरू पनि जिम्मेवर रहेको बताएका छन् ।

शनिबार ‘शान्ति प्रक्रिया र संक्रमण कालीन न्याय व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै गजुरेलले शान्ति प्रक्रियामा तत्कालिन विद्रोही नेकपा (माओवादी), सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको बताए ।

उनले शान्ति प्रक्रियाको स्प्रिडअनुसार संक्रमण कालीन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, बबुराम भट्टराई जिम्मेवार रहेको बताए । उनले भने, ‘जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ, हातहती हुन्छ, त्यो अपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनु पर्छ ।’

आफूहरू पीडितले न्याय चाँडो पाउनु पर्छ भन्नेमा भएको बताउँदै गजुरेलले अदालत १६ वर्षसम्म न्याय दिन नसक्नेतिर सोझिनु पर्ने भए पनि अदालतले न्याय दिने भन्दै फौजदारी बाटोमा समात्नु गलत भएको बताए । उनले प्रचण्डको भाषणलाई लिएर अदालतले गरेको आदेशबाट आफूहरू नतर्सेको तर साँचो भएको बताए ।

प्रतिक्रिया