शुक्रबार, चैत १६, २०८०

नेपालमा पर्यटन नीति छैन : पर्यटन मन्त्री किराती

मेरोन्यूज २०७९ चैत ४ गते १७:१४

काठमाडौँ । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नभएको स्वीकार गरेका हुन् ।

मन्त्री किरातीले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणासमेत गरे । रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनु पर्ने उनको भनाइ थियो । उनले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए ।

‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं, हाम्रो संस्कृति नीति बनाउनै सकेनौं, सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो, अहिले म भन्दैछु– अबको पर्यटन भनेको चाँहि प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ, रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्छ,’ उनले भने ।

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरू नेपालमा भए पनि नेपालले यस्तो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए ।

Advertisement

प्रतिक्रिया