शनिबार, वैशाख ८, २०८१

बेलायतमा सरकारी फोनमा टिकटक चलाउन नपाइने

मेरोन्यूज २०७९ चैत ४ गते १२:१५

बेलायत सरकारले सामाजिक सञ्जाल एप टिकटकमाथी प्रतिबन्ध लगाएको छ । मार्च २मा बेलायत सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ– कुनै पनि मन्त्री वा अधिकारीले सरकारी फोनमा टिकटक प्रयोग गर्न पाउने छैनन् । यो देशको सुरक्षाका लागि ठूलो खतरा हो ।

यो प्रतिबन्ध सरकारी मन्त्रीहरू र निजामती कर्मचारीहरूले प्रयोग गर्ने फोन र अन्य उपकरणहरूमा तत्काल लागू हुने क्याबिनेट अफिसका मन्त्री ओलिभर डाउडेनले संसदलाई भनेका छन् । उनले प्रतिबन्धलाई सावधानीपूर्ण कदमको रूपमा वर्णन गरेका छन् । यो प्रतिबन्ध व्यक्तिगत फोन र उपकरणहरूमा लागू नहुने उनले बताए ।

बेलायतती सरकारले बिहीबार अचानक टिकटक प्रतिबन्ध लगाएपछि सबै छक्क परेका छन् ।

अमेरिकी सरकारले गत महिना संघीय एजेन्सीका कर्मचारीहरूले प्रयोग गर्ने सबै सरकारी मोबाइल उपकरणहरूबाट टिकटक हटाउनु पर्ने आदेश दिएको थियो।

प्रतिक्रिया