शुक्रबार, वैशाख ७, २०८१

अष्ट्रेलियाले अमेरिकासँग ९० करोड डलर बराबरका क्षेपास्त्र खरिद गर्ने 

मेरोन्यूज २०७९ चैत ४ गते ९:५७

काठमाडौं। अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने भएको छ ।

अष्ट्रेलियाले अमेरिकासँग करिब ९० करोड डलर बराबरका तोमाहक क्षेप्यास्त्र  किन्न लागेको हाे ।

अमेरिकी विदेश मन्त्रालयले अष्ट्रेलियालाई क्रुज क्षेप्यास्त्र बिक्री गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अमेरिकी संसदले उक्त प्रस्ताव अनुमोदन गरेपछि अष्ट्रेलियाललाइ क्षेप्यास्त्र बिक्री गर्न ढाेका खुलेकाे छ । 

गत साता भएको औकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले अमेरिकाबाट खरिद गर्न लागेको पन्डुब्बीमा प्रयोग गर्नका लागि ति क्षेप्यास्त्र खरिद गर्न लागेको हो ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्रुज क्षेप्यास्त्र खरिदपछि अष्ट्रेलिायाको पहुँच आफ्नो समुन्द्र किनारा भन्दा पर पुग्ने बताए । उनका अनुसार पनडुब्बी र क्षेपास्त्र खरिद पछि अष्ट्रेलियाले आफूलाई सुरक्षित राख्न लागि सक्षम हुनेछ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि क्रुज क्षेप्यास्त्र पाए पछि अष्ट्रेलिया अमेरिकी रक्षा प्रणालीसँग जोडिने जनाएको छ ।  गत सोमबार अमेरिका, बेलायत र अष्ट्रेलियाबीच औकस सुरक्षा रणनीति सम्बन्धि सम्झौता भएको थियो । जस अन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई ३ वटा पन्डुब्बी खरिद गर्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया