आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
मेरोन्यूज
२०७९ चैत ४ गते ६:५८

काठमाडौं । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, डलरको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ३९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ १९ पैसा र बिक्री दर १४० रूपैयाँ ८२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९६ पैसा र बिक्री दर १६० रूपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

सम्बन्धित
प्रतिक्रिया