शुक्रबार, चैत १६, २०८०

अन्तर्राष्ट्रिय अदालतले दियो पुटिनलाई पक्राउ गर्न आदेश

मेरोन्यूज २०७९ चैत ४ गते ६:३८

काठमाडौं । युरोपको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालयले रुसी रास्ट्रपति भ्यादिमिर पुटिनले युद्ध अपराध गरेको भन्दै पक्राउको आदेश दिएको छ । युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रूस पठाउनेलगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आईसीसीको आरोप छ।

यी अपराध युक्रेन मा २४ फेब्रुअरी २०२२ देखि भएको उल्लेख, जब रूसले आफ्नो पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो।

रुसले भने आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ। पक्राउ पुर्जी बारे प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको ‘कुनै महत्त्व’ नभएको जिकिर गरिन् । प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनिन्, ’अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन।’

-बीबीसी

Advertisement

प्रतिक्रिया