बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको उक्त आइपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलले बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो।
आवेदन परेको कुलमध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरिएको हो । जसअनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएको छ ।
कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले यस अघि नै नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।








कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
सिकारीको बन्दुक पड्किँदा…
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया