शुक्रबार, वैशाख ७, २०८१

मूलपानी, चितवनलगायत स्थानमा निर्माणाधिन रंगशाला पूरा गर्ने सरकारको घोषणा

कीर्तिपुरस्थित क्रिकेट मैदानमा आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न खेलकुद परिषदलाई निर्देशन

मेरोन्यूज २०७९ चैत ३ गते १०:२९

काठमाडौँ । सरकारले चितवन, मूलपानीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण पूरा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा गरेका हुन् । ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध घोषणा गर्नुभएको छ,’ पिएमओ नेपाल ट्वीट ह्याण्डलमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएका छन् ।

‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्नुभएको छ,’ प्रधानमन्त्रीले सचिवालयले भनेको छ ।

सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको उपलक्ष्यमा राष्ट्रिले क्रिकेट टिमका प्रत्येक खेलाडीलाई ३/३ लाख पुरस्कारको घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक खेलाडीलाई तीन/३ लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू। ३ लाख पुरस्कारको घोषणा गर्दछु,’ प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेपाल बिहीबार युएईलाई हराउँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया