शनिबार, वैशाख ८, २०८१

राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई सरकारले ३/३ लाख पुरस्कार दिने

मेरोन्यूज २०७९ चैत ३ गते १०:०७

काठमाडौँ । सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको उपलक्ष्यमा राष्ट्रिले क्रिकेट टिमका प्रत्येक खेलाडीलाई ३÷३ लाख पुरस्कारको घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक खेलाडीलाई तीन÷३ लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू। ३ लाख पुरस्कारको घोषणा गर्दछु,’ प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेपाल बिहीबार युएईलाई हराउँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया