काठमाडौँ उपत्यकामा दिउँसो एक बजेपछि पानी पर्ने सम्भावना
मेरोन्यूज
२०७९ चैत ३ गते ७:५८

काठमाडौं । दिउँसो एक बजेपछि काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम वि१ान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रमाव रहेका कारण केही स्थानमा सामान्य बदली भइरहेको र केही स्थानमा अहिले पानी परिरहेको छ ।
अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ।
काठमाडौंमा दिउँसो १–२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको कडेलले बताइन् । उपत्यकामा लामो समयसम्म र ठूलो पानी नपर्ने उनले जानकारी दिइन्।
आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहे पनि हावाहुरीले ठूलै असर भने नगर्ने उनले बताइन् ।
सम्बन्धित
प्रतिक्रिया