शुक्रबार, चैत १६, २०८०

प्रचण्डलाई तीन तिरको निम्तो, पहिलो भ्रमण भारतबाटै गर्ने

शितल शर्मा २०७९ चैत २ गते ७:३५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिले दुई छिमेकी मुलुक चीन-भारतसहित अमेरिकाको समेत निम्तो छ । प्रधानमन्त्री प्रचण्डलाई पहिलो भ्रमण आफनो देशबाट गराउन तीनै देश लागिपरेका छन् । तर प्रधानमन्त्री प्रचण्डले भने भारतबाटै आफनो पहिलो विदेश भ्रमण गर्ने तयारी गरेका छन् ।

त्यसका लागि उनले चैत अन्तिम साता भारत भ्रमण गर्ने गरी गृहकार्य अगाडी बढेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई चैत १५ र १६ (मार्च २९ र ३०)का दिन अमेरिकाले आयोजना गर्न लागेको डेमोक्रेसी समिट का लागि राष्ट्रपति जो वाइडेनको निम्तो छ । त्यस्तै चीनको हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने ‘बोआओ फोरम फर एसिया’ का लािग पनि निम्तो छ ।
चिनियाँ राजदूत छन सोङले फागुन १० मै प्रधानमन्त्री प्रचण्डलाई भेटेर यो कार्यक्रमको निम्तो गरिसकेका छन् ।

भरतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका क्रममा पनि प्रचण्डलाई भारत भ्रमणको मौखिक निम्तो आएको छ । यधपी लिखित निम्तो भारतको प्रधानमन्त्रीलाई आईसकेको छैन ।

तर प्रधानमन्त्री प्रचण्ड यी तीन देशबाट आएको निम्तो मध्ये पहिलो भारतको निम्तो स्वीकार गर्ने र त्यसपछि चीन जाने तयारीमा देखिन्छन् । त्यसका लागि भारतको औपचारिक भ्रमणको भित्री तयारी शुरु भएको छ । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्ड संसदमा विवश्वासको मत लिने, त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने र भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् ।

Advertisement

भारतीय प्रधानमन्त्रीले अप्रिल १३ देखि १६ (चैत ३० देखि वैशाख ३ सम्म) सम्म केही औपचारिक कार्यक्रम बनाएर प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमण गराउने गरी भित्री तयारी छ ।

भारतका लागि नेपाली राजदूत शंकर शर्मा प्रधानमन्त्रीको आगामी भ्रमणका विषयवस्तुबारे प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र सचिव भरतराज पौड्यालसँग विस्तृत छलफल गरेर बुधबार नयाँदिल्ली फर्किएका छन् । त्यसो हुँदा प्रचण्डको अमेरिका र चीनको निम्तो अहिले त्यक्तिकै थन्किेनेछ ।

अमेरिकाको समिटमा भने प्रचण्डले नेपालबाटै भर्चुअल सहभागिता जनाउने विषयमा पनि भित्री छलफल शुर भईसकेको बालुवाटार स्रोतले बताएको छ । चीनको ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा भने चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई नै सहभागिता गराउने या नेपालबाट कोही मन्त्री पठाउने भन्ने वारेमा प्रधानमन्त्रीले निर्णय लिईसकेका छैनन ।

इसबारेमा उनले केही दिनमै निर्णय लिने तयारी गरेका छन् । सम्भवत चीनमै रहेका नेपाली राजदूत श्रेष्ठलाई नै उक्त सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गराउने गरी पनि निर्णय प्रधानमन्त्रीले लिन सक्ने सम्भावन अधिक रहेको बालुवाटार स्रोत बताउँछ ।

प्रचण्ड बोआओ फोरममा सहभागी नभए उनका लागि चीनले ‘थर्ड विआर सम्मेलन २०२३’ आयोजना गर्ने र उक्त कार्यक्रममा सहभागिता जनाउने गरी प्रचण्डको भ्रम्ण गराउने चीनको अर्काे तयारी पनि छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया