बिहीबार, चैत १५, २०८०

पहाडी भू-भागमा वर्षा हुने सम्भावना

मेरोन्यूज २०७९ चैत १ गते ६:३६

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ। कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  

राति देशका पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

प्रतिक्रिया