शनिबार, वैशाख ८, २०८१

सिभिल अस्पतालले माग्यो ६३ नर्ससहित सय बढी कर्मचारी

मेरोन्यूज २०७९ फागुन ३० गते १०:११

काठमाडौं ।  काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालले ६३ नर्ससहित १०० बढी कर्मचारी माग गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै अस्पतालले ६३ नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो । 

अस्पतालले आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ । अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १, ६ औं तहका सिष्टर ४, पाँचौ तहका स्टाफ नर्स ५६ र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ । 

अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १, ७ औं तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

हेरौँ कर्मचारी माग सम्बन्धी सिभिल अस्पतालको सूचना


 

प्रतिक्रिया