बिहीबार, चैत १५, २०८०

मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

मेरोन्यूज २०७९ फागुन २९ गते ७:३६

धनगढी । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खख्डेहरा मनाउँछन् ।

Advertisement

प्रतिक्रिया