शुक्रबार, वैशाख ७, २०८१

सर्वोत्तम स्टिलले आईपीओ जारी निष्काशन गर्दै

मेरोन्यूज २०७९ फागुन २८ गते ९:२८

काठमाडौँ । सर्वोत्तम स्टिलले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

सर्वोत्तमले आफ्नो जारी पुँजी मध्ये १२.६६३ प्रतिशत सेयर निष्कासन गर्ने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलकातर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट हस्ताक्षर गरेका छन् ।

सौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरूको उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया