शुक्रबार, वैशाख ७, २०८१

दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मेरोन्यूज २०७९ फागुन २७ गते २१:२०

काठमाडौँ । दैलेखबाट कालीकोट जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

आज दिउँसो भएको दुर्घटनामा नौमुले गाउँपालिका–३ द्वारीकाका २८ वर्षीय शशिराम पुन मगरको ज्यान गएको हो । 

निर्माण सामग्री लिएर दैलेख सदरमुकामबाट कालीकोटको डिल्लीकोट जाँदै गर्दा ना७त ४४७७ नम्बरको ट्रयाक्टर नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया