शनिबार, वैशाख ८, २०८१

गुगलले कर्मचारीको बढुवा पनि कटौती गर्ने

मेरोन्यूज २०७९ फागुन २६ गते १२:४०

काठमाडौं । टेक दिग्गज कम्पनी गुगलले आफ्ना कर्मचारी कामबाट निकालेसंगै अब कार्यरत कर्मचारीको बढुवामा पनि कटौती गर्ने तयारी गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरूलाई इमेल पठाउँदै यो वर्ष ठूला पदमा रहेका कर्मचारीको बढुवा कटौती हुने चेतावनी दिएको छ ।

रिपोर्ट अनुसार यो वर्ष मात्र एक दर्जन कर्मचारी उच्च वरिष्ठ स्तरमा बढुवा हुनेछन्। कम्पनीले कर्मचारीलाई पठाएको इमेलमा यो वर्ष पनि गत वर्ष जस्तै बढुवा हुने जनाएको छ । तर कम्पनीले पहिलेको तुलनामा कम प्रवर्द्धन गर्ने योजना बनाएक बताएको छ।

प्रतिक्रिया