बिहीबार, जेठ ३, २०८१

तेस्रो पटक चीनको राष्ट्रपति बने सी जिनपिङ

मेरोन्यूज २०७९ फागुन २६ गते ११:३७

काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चिनको राष्ट्रपति बनेका छन् । चीनको नेशनल पिपुल्स कंग्रेसले शुक्रबार राष्ट्रपतिमा उनको तेस्रो पाँच वर्षे कार्यकाललाई सर्वसम्मतिले अनुमोदन गरेको हो । उनलाई तेस्रो पटक राष्ट्रपति बनाउने प्रस्ताव संसदमा २९७७ मतले पारित भएको हो ।

Advertisement

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार सी जिनपिङ चीनका सबैभन्दा शक्तिशाली व्यक्ति हुन्। र उनले आफ्नो शक्ति लगातार बढाइरहेका छन् । रिपोर्ट अनुसार उनले याे शक्ति राष्ट्रपति भएर होइन, चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव भएकाले पाएका हुन्।

अब उनले ली छ्याङलाई चीनको प्रधानमन्त्री बनाउने छन्।

प्रतिक्रिया