शुक्रबार, वैशाख १४, २०८१

क्यानद्वारा श्री एयरलाइन्सका विमान उडानमा रोक (पत्रसहित)

मेरोन्यूज २०७९ फागुन २६ गते ९:३०

काठमाडौं । हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।

बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन– एएनआर विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको थियो । उक्त घटनापछि क्यानले सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिँदै उडानमा रोक लगाएको हो ।

सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले विज्ञप्ति निकालेर जनाएको छ ।

प्रतिक्रिया