बिहीबार, जेठ ३, २०८१

विश्वकै जेष्ठ महिला जोहानाको निधन

मेरोन्यूज २०७९ फागुन २४ गते १७:५१

विश्वकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ । दक्षिण अफ्रिकामा बस्ने जोहाना माजिबुको १२८ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १८९४ मा जन्मिएकी थिइन्। उनी यसै वर्ष मे महिनामा १२९ वर्षकी हुने थिइन्। जोहानाका आफन्तका अनुसार उनको ३ मार्चमा मृत्यु भएको थियो ।

Advertisement

२०२२ मा न्युज २४ सँगको कुराकानीमा उनले भनेकी थिइन्– ‘म अझै किन जिउँदै छु ? मेरा साथीहरू मरिसके। म कहिले मर्छु ?अब जिउनुको के अर्थ ? म एकै ठाउँमा बस्दा बस्दा थाकिसकेकि छु ।’

जोहन्नाका नजिकका साथीहरू आफूसँग जोहन्नाको परिचयपत्र रहेको र त्यसैको आधारमा जोहानाको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता हुनुपर्ने बताउँछन् ताकि उनी सम्मानित हुन सकून् ।

एजेन्सी

प्रतिक्रिया