शुक्रबार, जेठ ४, २०८१

विश्वका चर्चित धनाढ्य बिल गेट्सले चलाए ई-रिक्सा

मेरोन्यूज २०७९ फागुन २३ गते १३:११

माइक्रोसफ्टका सह-संस्थापक एवंम् विश्वका छैठौं धनाढ्य व्यक्ति बिल गेट्सले सोमबार सामाजिक सञ्जाल सामाजीक सञ्जालमा एक भिडियो सेयर गरेका छन् । जसमा उनी इलेक्ट्रिक रिक्सा चलाइरहेका देखिएका छन् ।

Advertisement

गेट्सले उक्त भिडियो सेयर गर्दै लेखेका छन्, भारतको इनोवेशन प्रतिको जोश निकै राम्रो छ। मैले एक इलेक्ट्रिक रिक्सा चलाएँ, जुन १३१ किलोमिटर सम्म यात्रा गर्न र ४ जना यात्रु बोक्न सक्षम छ । महिन्द्रा जस्ता कम्पनीहरूले यातायात उद्योगको डिकार्बोनाइजेशनमा योगदान गर्नु प्रेरणादायी छ।

बिल गेट्स अहिले भारत भ्रमणमा छन्, र उनी सोशल मिडियामा लगातार अपडेट सेयर गरिरहेका छन्।

प्रतिक्रिया