बिहीबार, जेठ ३, २०८१

सडक दुर्घटनामा सात जनाको मृत्यु, २३ घाइते

मेरोन्यूज २०७९ फागुन २२ गते १४:०९

काठमाडौँ । पाकिस्तानमा गएको २४ घण्टायता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन् ।

Advertisement

दुई फरक सडक दुर्घटनामा परेर उनीहरुको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको झोब जिल्लामा आइतबार साँझ सडकमा गुडिरहेका बस एक आपसमा ठोकिएर भएको दुर्घटनामा परेर चार जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् ।

त्यसैगरी, पाकिस्तानको उत्तरी चिलास नगरमा शनिबार राति भएको अर्को दुर्घटनामा परेर तीन जनाको ज्यान गएको र २० जनाभन्दा बढी यात्रु घाइते भएका थिए । सो स्थानमा बस खोँचमा खसेको थियो । त्यसमा रहेका २० जना भन्दा बढी यात्रु घाइते भएका बताइएको छ ।

प्रतिक्रिया