बिहीबार, जेठ ३, २०८१

ग्रीसका प्रधानमन्त्रीद्वारा राज्यको गल्ती भन्दै रेल दुर्घटनाको लागि माफी

मेरोन्यूज २०७९ फागुन २१ गते २१:२५

काठमाडौँ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले रेल दुर्घटनामा ५७ जनाको ज्यान गएको र दर्जनौं घाइते देशको सबैभन्दा दर्दनाक घटनाका लागि आइतबार माफी मागेका छन् ।

Advertisement

‘प्रधानमन्त्रीको हैसियतमा पीडितका आफन्तहरूप्रति ठूलो क्षमायाचना गर्दछु, घटनाबारे माफी माग्छु’ प्रधानमन्त्रीको विज्ञप्तिमा भनिएको छ ।

ग्रीसको राष्ट्रिय समाचार एजेन्सीले आइतबार राजनीतिक दल र मजदुर युनियनहरूले बोलाएको र्याबलीमा हजारौं मानिसहरूले संसदको अगाडि विरोध प्रदर्शन गरेका छन् ।

दुर्घटना लापरबाहीका कारण भएको भन्दै सबै सरोकारवालाले सरकारको निन्दा गर्दै प्रदर्शनलाई तीव्र पारेका छन् ।

प्रतिक्रिया