बिहीबार, जेठ ३, २०८१

मलेसियामा बाढीले तीन जनाको मृत्यु, ४० हजार विस्थापित

मेरोन्यूज २०७९ फागुन २० गते १९:०६

काठमाडौँ । मलेसियाको जोहोर राज्यमा आएको बाढीका कारण शनिबारसम्म ४० हजारभन्दा बढी मानिस विस्थापित भएका सरकारी तथ्यांकले देखाएको छ ।

Advertisement

समाज कल्याण विभागका अनुसार जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी राहत केन्द्रमा सारिएको छ । प्रायद्वीपीय मलेसियाको पाहाङ, नेगेरी सेम्बिलान, मलक्का राज्यमा न्यून सङ्ख्यामा उद्धार गरिएको छ ।

गत बुधबार जोहोरमा बाढीको पानीले बगाएको कारभित्र एक व्यक्ति मृत अवस्थामा फेला परको थियो । त्यसपछि जोहोरको सेगामत जिल्लाका प्रहरी अधिकारी अहमद जामरी मरिन्साहले थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अग्नि तथा उद्धार विभागका उपमहानिर्देशक एडविन गालान टेरुकीले प्रभावित क्षेत्रको भ्रमणपछि जोहोरमा बाढी नियन्त्रणका लागि हेलिकप्टर र थप उद्धार डुङ्गा पठाइएको जानकारी दिए ।

देशैभर बाढीको अवस्था बिग्रिएमा थप जनशक्ति र उपकरण परिचालन गर्न विभाग तयार रहेको तेरुकीले बताए । यसैबीच, मौसम विभागले सप्ताहन्तमा निरन्तर भारी वर्षा हुने चेतावनी दिएको छ र सर्वसाधारणलाई चेतावनीलाई सावधानीपूर्वक लिन आग्रह गरेको छ ।

प्रतिक्रिया