बिहीबार, जेठ ३, २०८१

इन्डोनेसियाको इन्धन भण्डारण डिपोमा आगलागी, दुई बालबालिकासहित १६ जनाको मृत्यु

मेरोन्यूज २०७९ फागुन २० गते ८:४६

इन्डोनेसियाको राजधानी जकार्तामा रहेको राज्य ऊर्जा कम्पनी पेर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा शुक्रबार आगलागी भएको छ । आगलागीमा दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको छ । त्यसतै एक बालकसहित ५० जना घाइते भएकाे खबर आएको छ ।

Advertisement

सञ्चारमाध्यम घटनाको जानकारी पाउनासाथ दमकलको टोली घटनास्थलमा पुगेको थियो । स्थानीय बासिन्दाले पनि आगोमा फसेका धेरैको ज्यान बचाएका थिए ।

सञ्चारमाध्यमका अनुसार शुक्रबार राति करिब ८ बजे दुर्घटना भएको हो । इन्धन स्टेशन घना जनसंख्या भएको क्षेत्रमा थियो। जसका कारण आसपासका केही घरमा आगलागी समेत भएको छ । उद्धार कार्य जारी छ।

प्रतिक्रिया