शुक्रबार, चैत १६, २०८०

त्रिभुवन र गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक फेरिए

मेरोन्यूज २०७९ फागुन १९ गते १२:०२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेबारी प्रतापबाबु तिवारीलाई दिइएको छ ।

तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि त्रिभुवन विमानस्थलमा महाप्रबन्धक पद खाली थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले त्रिभुवन विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको जानकारी दिए । विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । उनको स्थानमा देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।

एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका हंश राज पाण्डेलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखको जिम्मेबारी दिइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदैछन् ।

Advertisement

प्रतिक्रिया