बुधबार, जेठ २, २०८१

केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबलाई

मेरोन्यूज २०७९ फागुन १७ गते १९:५२

काठमाडौं । केपी ओली फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । एमाले अध्यक्ष केपी ओलीको नाममा सुरु गरिएको फुटवलको पहिलो सस्करणमा सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।

Advertisement

खेलको पाँचौं मिनेटमा ओलावले अफिजले हेडर गोल गर्दै मछिन्द्रलाई १-० को अग्रता दिलाएका थिए ।

मछिन्द्रले सुरुमै खेलमा अग्रता लिए पनि सातदोबाटोको लागि कप्तान सुदिप गुरुङको पासमा जर्डन जुनियर ओभानाले १९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले मौका बनाए पनि गोल गर्न सकेनन । त्यसपछि भने खेल टाइब्रेकरमा गएको थियो ।

केपी ओलीको जन्मदिनको दिनबाट सुरु भएको खेल आज सकिएको हो ।

विजेता मछिन्द्रले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता टोलीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतिक्रिया