बिहीबार, जेठ ३, २०८१

एलोन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

मेरोन्यूज २०७९ फागुन १६ गते १५:०६

टेस्लाका संस्थापक एलोन मस्क फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वकै धनी व्यक्तिको स्थानमा पुन फर्किएका छन् । टेस्लाको शेयर ५.५% बढेर २०७.६३ मा पुगेपछि मस्कको नेट वर्थ बढेकाे हाे।

Advertisement

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको मस्कको कुल सम्पत्ति १८७.१ बिलियन डलर र अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन डलर छ ।

गत वर्ष अर्नाल्टले मस्कलाई नम्बर १ स्थानबाट हटाएका थिए। त्यसयता उनी नै शीर्ष स्थानमा रहे । अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादर मानिन्छ।

त्यस्तै, रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी मात्रै भारतीय अरबपतिहरूको शीर्ष १० सूचीमा परेका छन्।

एजेन्सी

प्रतिक्रिया