बुधबार, जेठ २, २०८१

यू–१९ विश्वकप छनोटः नेपालकाे लगातार चौथो जित, युएईलाई जिते विश्वकप खेल्ने

मेरोन्यूज २०७९ फागुन १६ गते १४:२३

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित निकालेकाे छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो ।

Advertisement

नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो । नेपालका दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए। 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेता टोलीले विश्वकप खेल्नेछ।

प्रतिक्रिया