बिहीबार, जेठ ३, २०८१

मलेसिया ७२ रनमै अलआउट, नेपाललाई ७३ रनको झिनो लक्ष्य

मेरोन्यूज २०७९ फागुन १६ गते १३:४५

काठमाडौं।  आइसिसी यू–१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको छ ।

Advertisement

मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो । दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए। 

यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए। 

मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

प्रतिक्रिया