बिहीबार, जेठ ३, २०८१

टाढा रहेका प्रेमि-प्रेमीकाका लागि चीनले ल्यायाे ‘किसिङ डिभाइस’

मेरोन्यूज २०७९ फागुन १६ गते १३:०९

एक चिनियाँ वैज्ञानिकले अनौठो उपकरण बनाएका छन् । उनले लामो दूरीको सम्बन्धमा बस्ने जोडीका लागि किसिङ डिभाइस बनाएका हुन्। यसबाट टाढा बसेका जोडीले एकअर्कालाई चुम्बन गर्न सक्नेछन् । यस उपकरणको निर्माताको दावी छ कि यसको मद्दतले जोडीहरूले वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन्।

Advertisement

ग्लोबल टाइम्सको रिपोर्टका अनुसार यो किसिङ डिभाइसको ओठ सिलिकनले बनेको छ । यसमा एक सेन्सर पनि जडान गरिएको छ, जसकारण चुम्बन गर्दा ओठले वास्तविक चुम्बन जस्तो महसुस गर्नेछ। यो उपकरणले ओठको दबाब, चाल र तापक्रम पनि महसुस गर्न सक्छ। 

यो यन्त्र चाङझाउ भोकेशनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोलोजीले पेटेन्ट गरेको हो। यसको आविष्कार गर्ने वैज्ञानिक जियाङ झोङ्गलीले आफू आफ्नी प्रेमिकासँग लामो दूरीको सम्बन्धमा रहेको र फोनबाट मात्रै सम्पर्क गर्न सक्ने बताए । त्यहीँबाट उनलाई यो यन्त्र बनाउने आइडिया आयो । 

प्रतिक्रिया