शुक्रबार, जेठ ४, २०८१

युक्रेनका राष्ट्रपतिको दाबी- पुटिनकाे मृत्यु नजिकिँदै छ

मेरोन्यूज २०७९ फागुन १६ गते ११:५१

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भ्लादिमिर पुटिनको मृत्यु नजिकिँदै आएको बताएका छन् । उनलाई उनकै आफन्तले मार्ने जेलेन्स्कीले बताएका छन् । उनको यो बयान रुस–युक्रेन युद्धमा बनेको ‘इयर’ नामक डकुमेन्ट्रीमा छ ।

Advertisement

‘न्यूजवीक’ म्यागजिनका अनुसार जेलेन्स्कीले यस डकुमेन्ट्रीमा भनेका छन्- ‘पुटिनका नजिकका व्यक्तिहरूले उनको विरुद्धमा काम गर्न थाल्ने दिन अब टाढा छैन । रूसमा उनको विरुद्ध आवाज उठ्नेछ। यसै मौकामा पुटिनको नजिकको व्यक्तिले उनको हत्या गर्नेछ। तिनीहरूले मेरा यि शब्द याद गर्नुपर्छ। तर यो दिन कहिले आउला ? यसबारे म केही भन्न सक्दिन।’

जेलेन्स्कीको यो भनाइ पुटिनका नजिकका केहीले युक्रेन र बाँकी देशको नीतिप्रति खुसी नभएको दाबी गरिरहेका बेला आएको हो । युक्रेन युद्ध लम्बिदै गएपछि उनीहरुको असन्तुष्टि बढ्दै गएका छन् ।

रुस र युक्रेनबीच गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएको थियो । हाल दुवै देशले आ–आफ्नो जितको दाबी गरिरहेका छन् । जेलेन्स्कीलाई सहयोगको आश्वासन दिन हालै अमेरिकी राष्ट्रपति जो बाइडेन कीभ पुगेका थिए ।

प्रतिक्रिया