बुधबार, जेठ २, २०८१

फिफा वर्ष खेलाडीको उपाधि लियोनल मेसीलाई

मेरोन्यूज २०७९ फागुन १६ गते ८:४७

काठमाडौं । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लियोनल मेसीले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् ।

Advertisement

३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् ।

सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो ।

लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको बताएका छन् ।

प्रतिक्रिया