बिहीबार, जेठ ३, २०८१

इराकमा आइएसका सत्र आतंककारी मारिए

मेरोन्यूज २०७९ फागुन १५ गते २१:००

काठमाडौँ । इराकमा सुरक्षा फौजको कारबाहीमा परी आइएस आतंककारी समूहका कम्तीमा १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतंककारी मारिएका हुन् ।

Advertisement

इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आइएसले पछिल्लो समयमा आतंक मच्चाएकाले उनीहरूका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ ।

कारबाहीमा परेर आइतबार आइएस समूहका एकजना कमाण्डरसहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिए । प्रवक्ता रोसलले गएका केही महिना यतादेखि यहाँको सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ ।

उक्त प्रान्तमा आइएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो । इराकको सेनाले सन् २०१७ मा आइएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि यहाँ शान्ति सुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आइएसले आतङ्ककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् ।

प्रतिक्रिया