बिहीबार, जेठ ३, २०८१

टर्कीमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु

मेरोन्यूज २०७९ फागुन १५ गते १९:२३

काठमाडौँ । पूर्वी टर्किएमा सोमबार आएको ५.६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

Advertisement

तीन हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्किएले शोकबाट नबौरिदै फेरि अर्को धक्का ब्यहोरेको छ ।

भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको थियो जहाँ यसअघि नै फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो । यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी)ले जनाएको छ ।

फेब्रुअरी २० मा दक्षिणी टर्किएको हाते प्रान्तमा गएको अर्को दुईनटा भूकम्पमा छ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया