बुधबार, जेठ २, २०८१

पीएनजीविरुद्ध नेपाल ४ विकेटले विजयी, बनायो नयाँ कीर्तिमान

मेरोन्यूज २०७९ फागुन १५ गते १८:४७

काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध ४ विकेटको विजय हात पारेको छ ।

Advertisement

नेपालले यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबारको खेलमा विजयी भएसँगै लगातार पाँचपटक विजयको कीर्तिमान बनाएको छ ।

टस हारेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाउँदा नेपालले ४५.२ ओभरमा विजयी लक्ष्य पूरा गरेको हो । कुशलले ५६ रन बनाएर आउट भएका थिए ।

आसिफ शेखले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए । ज्ञानेन्द्र मल्ल ४ रन बनाई इनसाइड एज लागेर नोर्मन भानुआको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले ३४ बलमा १४ रन बनाए ।

नेपाल २९ खेलको समाप्तिसँगै २८ अंकसहित लिग २ को छैटौं स्थानमा छ । नेपालले बाँकी रहेको ७ मध्येको ४ खेल जिते शीर्ष पाँचभित्र परेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ । ६ खेल जिते शीर्ष तीन राष्ट्रमा पर्दै जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोट हुनेछ ।

प्रतिक्रिया