बुधबार, जेठ २, २०८१

सन्दीप लामिछाने विदेश जान पाउने सर्वोच्चको फैसला

मेरोन्यूज २०७९ फागुन १५ गते १७:३७

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । उनलाई सर्वोच्चले विदेश जानका लागि अनुमति दिएको छ । विदेश जान पाउने भन्दै लामिछानेले सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

Advertisement

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको निर्णय सदर गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश पनि सदर गर्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतको आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनु’ भनिएको छ ।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पनि सर्वोच्चमा निवेदन दिएको थियो । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

प्रतिक्रिया