बुधबार, जेठ २, २०८१

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

मेरोन्यूज २०७९ फागुन १५ गते १६:३०

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो ।

Advertisement

युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएकाे थियाे। हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए ।

हङकङका लागि पाँचौ विकेटमा भागवत र जाहिरले ४७ रन जाेडे । आहन त्रिवेदी ११ रनमा रनआउट भए ।

प्रतिक्रिया