बिहीबार, जेठ ३, २०८१

सुडानका ४० लाख बालबालिकालाई कुपोषणको समस्या

मेरोन्यूज २०७९ फागुन १५ गते १६:२५

काठमाडौँ । संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ ।संयुक्त राष्ट्रसंघीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ ।

Advertisement

प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरूलाई सहयोगको आवश्यकता रहेको बताइएको हो । तीमध्ये छ लाख ११ हजार जना बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन् ।

केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्याहरू देखिँदै आएको छ । जसका कारण यहाँका नागरिक समस्यामा परेका छन् ।

खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा आदिका कारण यहाँका लाखौँ लाख नागरिक विस्थापित भएका छन् । विस्थापित भएका अरू दशौँ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले यहाँ मानवीय सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको भए पनि यसबाट पर्याप्त नरहेको पाइएको समाचार जनाइएको छ ।

प्रतिक्रिया