मंगलबार, वैशाख ११, २०८१

पूर्वराष्ट्रपतिलाई सरकारले दियो २५ लाख रुपैयाँ सहयोग

मेरोन्यूज २०७९ फागुन १५ गते १५:१०

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले २५ लाख औषधि उपचार खर्च सहयोग पाएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गर्दा उनले पनि सहयोग पाएका हुन् ।

सरकारले ३ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट पूर्वराष्ट्रपति यादवलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको हो । यस्तै, प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारले १०-१० लाख रुपयाँ पाएका छन् ।

सरकारले साउनमा ९३ लाख, भदौमा एक करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । यसैगरी कात्तिकमा ४४ लाख, मंसिरमा एक करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया