बुधबार, जेठ २, २०८१

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

मेरोन्यूज २०७९ फागुन १५ गते १४:३२

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ । उनको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितको टोलीले बहस गरेसँगै सुनुवाइ सकिएको हो ।

Advertisement

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । नाबालिकलाई बलात्कार गरेको आरोपमा लामिछानेमाथि उच्च अदालतले प्रतिबन्धात्मक आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सन्दीपमाथिको मुद्दालाई आइततबार पेशी तोक्न आदेश दिएका थिए ।

धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेशमा विदेश जान प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आज सबै पक्षको बहस सकिएसँगै मुद्दाको आदेश आजै आउने भएको छ ।

प्रतिक्रिया