बुधबार, जेठ २, २०८१

हङकङले नेपाललाई दियो १२१ रनको लक्ष्य

मेरोन्यूज २०७९ फागुन १५ गते १४:२४

काठमाडाैं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा हङकङविरुद्धको खेल जित्न १ सय २१ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएकाे हाे ।

Advertisement

हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए ।

हङकङका लागि पाँचौ विकेटमा भागवत र जाहिरले ४७ रन जाेडे । आहन त्रिवेदी ११ रनमा रनआउट भए ।

नेपालको बलिङमा हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिए ।

आकाश चन्द ले ८.३ ओभरमा २ विकेट लिँदा सुवास भण्डारीले १० ओभरमा दुई विकेट लिए । उप कप्तान दीपेश कँडेलले एक विकेट लिए ।

प्रतिक्रिया